महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता
बैतडी, २९ मंसिर। दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिने भएको छ ।
गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई रु पाँच हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष एक हजार थप गरेर रु छ हजार पु¥याइएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।
महिला स्वास्थ्य स्वयंमसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका स्वास्थयका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेकाले उनीहरूको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता बढाइएको उनले बताए ।
स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन । गाउँपालिकाले प्रोत्साहन भत्ता बृद्धि गराएकामा आफूहरू धेरै खुशी भएको श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंसेविका गोमती विष्टले उल्लेख गरिन ।
उनीहरूले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठवटै वडामा ८६ महिला स्वास्थ्य स्वयंसेविका छन् । भने जिल्लाका १० वटै स्थानीय तहमा ८३१ महिला स्वास्थ्य स्वयंसेविका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
सम्पर्क इमेल : [email protected]


नेपाली हेल्थ 

Sunsari ko duhabi nagarpalika le nagarpalika vari ka jamma 103 jana fchv lai gata barsa dekhi nai protsahan bapat barsik ekmustha rs.12,000 dirako xa .yasko news banai diya hunthyo.