विषाक्त ग्यास आक्रमणमा परेका दर्जनौ नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या

128
Shares

दमास्कस, १० मंसिर । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले आइतबार बताएका छन् ।

विद्रोहीले भने उक्त आक्रमणमा आफ्नो सम्लग्नता नरहेको भन्दै समाचारको खण्डन गरेको छ ।

आक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको बताउँदै अस्पतालमा उपचारका लागि भर्ना भएका व्यक्तिको सङ्ख्या १०७ पुगेको सिरियाली सरकारी समाचार संस्था, साना न्युज एजेन्सीले आइतबार जनाएको छ ।

सिरियाली मानव अधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले पनि विषाक्त ग्यास आक्रमणका कारण ९४ जना अस्पताल पुगेको जनाएको छ । उक्त समूहले विरामीमध्ये अधिकांश सामान्य उपचारपछि घर फिर्ता भएको र बाँकी ३१ जनाको श्वास्थ्य अवस्था सामान्य रहेको तर उनीहरू अस्पतालमा नै रहेर उपचार सेवा लिइरहेका बताएको छ ।

साना न्युज एजेन्सीले उक्त आक्रमण विद्रोही समूहबाट भएको समाचार दिएको थियो । अस्पतालमा विरामीहरूलाई हेरिरहेका एक चिकित्सक जियाद हज ताहले आक्रमणमा क्लोरिन ग्यासको प्रयोग भएको हुनसक्ने देखिएको बताए । रासस÷एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *