ल्युकेमियाको समस्या फर्किएपछि विश्व च्याम्पियन रोमन रेगन्सले रिङ छाडे (भिडियो सहित)

एजेन्सी । एघार बर्ष अघि देखिएको ल्युकेमिया (रक्त क्यान्सर) फर्किएपछि डब्लुडब्लुई विश्व च्याम्पियन रोमन रेगन्सले रिङ छाडेका छन् । यद्धपी उनले आफ्ना फ्यान समक्ष रोगलाई पराजित गरी पुन रिङमा फर्किने प्रतिवद्धता जनाएका छन् ।

सोमबार राती डव्लु डव्लु इको ‘मन्डे नाइट र’ कार्यक्रममा ३३ बर्षीय रेगन्सले आफू ‘ल्युकेमिया’ जस्तो गम्भीर रोगको संक्रमणमा फसेको बताएका थिए ।

निकै भावुक रुपमा प्रस्तुत भईरहँदा उनका साथीहरु र स्टेडियममा रहेका हजारौँ दर्शकहरुले आँशु खसालेका थिए । रिङ छाडदै गर्दा उनले आफ्नो साथमा ल्याएको डब्लुडब्लुई युनिभर्सल च्याम्पियनसिप पनि फिर्ता गरेका थिए ।

रेगन्सका अनुसार २२ बर्षको उमेरमा उनले आफूलाई ल्युकेमिया भएको पत्तो पाएका थिए । त्यसपछि उनले तत्काल उपचार गरेर रिङमा फर्केका थिए । त्यसबीचमा उनले धेरैवटा च्याम्पियनसीप हात पारेका थिए ।

‘तर अहिले फेरी रोग फर्किएको छ । त्यसले मैले यतिवेला सबै ध्यान उपचारमा केन्द्रीत गरेको छु । रिङबाट बाहिरिने निर्णय गरेको छु,’ भावुक रुपमा आफ्नो घोषणा गरिरहँदा उपस्थित दर्शक तथा उनका फ्यानहरु निक्कै निरास देखिन्थे ।

ल्युकेमिया एक प्रकारको रक्त क्यान्सर हो । यो रोगमा रक्तकोषहरु बढ्छ । ल्युकेमिया भएपछि सेतो रक्तकोषको डिएनएमा समस्या उत्पन्न हुन्छ ।

रिङ छाड्दै गर्दा उनको भावुक मन्तव्य यस्तो थियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *