अधबैँसेलाई ‘मदिरा रहित’ दिन बिताउन सुझाव
बीबीसी । ४५ देखि ६५ उमेरसमूहका मानिसले ‘मध्यपान रहित’ दिन बिताउनुपर्ने सुझाव ब्रिटेनको एक स्वास्थ्य अभियानले दिएको छ।
एक सातामा १४ पेगसम्म रक्सी पिउन हुने भनिएपनि ब्रिटेनका अधवैँसेले अरु उमेर समूहका मानिसको दाँजोमा धेरै मदिरा पिउने गरेको बताइएको छ।
समाजमा घुलमिल हुने नाममा वा उपलब्धीहरूको लागि खुसीयाली मनाउने र कतिपयले कडा मेहनतपछि आनन्दभूति गर्न रक्सी पिउने गरेको सो अभियानमा संलग्न संस्थाहरूको भनाइ छ। जसका कारण कतिलाई उच्च वजनको समस्या हुन्छ भने कतिलाई मुटु रोग तथा अन्य कडा खालका रोगका समस्या देखिन्छन्।
अन्तर्राष्ट्रिय बजार विश्लेषण गर्ने एउटा अनलाइन युगभको सर्वेक्षणले रक्सी सेवनको नियन्त्रण निकै कठिन भएको देखाएको छ। त्यो स्वस्थ खाना खानु वा व्यायाम सुरु गर्नुभन्दा पनि कठिन पाइएको छ।
चिकित्सकहरू भन्छन् ‘मदिरारहित’ दिनमा निद्रा राम्रो लाग्छ, वजन कम गर्न मदत मिल्छ र उच्च रक्तचाप, क्यान्सरजस्ता रोगहरूको जोखिम कम हुन्छ।’
इङ्गल्यान्डको कलेजोसम्बन्धि रोगका जनस्वास्थ्य प्रवक्ता डा.जुलिया वर्न भन्छिन् ‘मदिरापान नगरेको दिन हाम्रो शरीरका विभिन्न प्रणालीहरू सफा हुन्छन् र कलेजोले पनि आराम गर्न पाउछ। यसले हाम्रो निद्रा र शरीरको खाना सोस्ने क्षमतामा प्रभाव तत्काल प्रभाव पार्छ।’
हरेक दिन पिउने रक्सीको मात्रामा कम गर्नुभन्दा साताको कुनै दिनहरूमा पिउदै नपिउनु सहज भएको बताउने गरेको उनले बताइन्।
फाइदा
इङ्गल्यान्डको जनस्वास्थ्य र मदिरापान सम्बन्धी चेतना दिने एउटा परोपकारी संस्था ड्रिङक अवेयरको संयुक्त अभियान हो ‘मध्यपान रहित दिनु।
ती दुवैले यसै वर्षको मे र जुन महिनामा १८ देखि ८५ उमेर समूहका करिब ९ हजार मानिसहरूमा सर्वेक्षण गरेको थियो।
सर्वेक्षणमा पाँचमध्ये एक जनाले सरकारले एक साताको लागि तोकेको मात्राभन्दा बढी रक्सी पिउने गरेको पाइयो।
दुई तिहाइले भने रक्सी पिउने बेला मात्रा कम गर्नु भनेको खानामा सुधार गर्नु वा व्यायाम थाल्नु र धुमपान नियन्त्रण गर्नुभन्दा गाह्रो भएको बताए।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




