विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १००शैयाको सेवा विस्तार गर्ने

इटहरी, २६ साउन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप १०० शैयाको अस्पताल सेवा विस्तार गर्ने भएको छ ।
बढ्दो विरामीको चापलाई ध्यान दिई धरानस्थित छाताचोकमा रहेको आफ्नो स्वामित्वको एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको हो ।

प्रतिष्ठानले सरोकारवालासँंग आवश्यक समन्वय गरी अस्पताल सेवा विस्तारका लागि अनुकूल वातावरण बनाउन कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङलाई जिम्मेवारी दिएको छ ।

पुरानो अस्पताल भवन समेत रहेको त्यस स्थानमा विगतमा जिल्ला जनस्वास्थ्यले स्वास्थ्य चौकी र बर्थिङ सेन्टर सञ्चालन गर्दै आएको थियो । अहिले ती सेवाहरु स्थानीय निकायमा हस्तान्तरण भइसकेका छन् ।

अहिले उक्त स्थानमा पाँच सुकुम्वासी परिवार, सवारी पार्किङ, प्रतिष्ठानकै चिकित्सकबाट सञ्चालित मिर्गौला रोगसम्बन्धी केएचडिसी कार्यक्रम, नगरस्तरीय वातावरण समन्वय समिति, प्रतिष्ठानको आवास कक्ष रहेको छ ।

तामाङले उक्त स्थानको व्यवस्थापनका विषयमा धरान उपमहानगरपालिकासग समन्वय गरिरहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *