वीर अस्पतालले एक वर्षमै गर्‍यो ४ लाख बढीको उपचार

अस्पतालको १२९ औँ बार्षिकोत्सव समारोहको अवसरमा आज आयोजित कार्यक्रममा निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतले सो जानकारी दिएका हुन् ।

अस्पतालको बार्षिक प्रगति विवरण प्रस्तुत गर्ने क्रममा डा बस्नेतले उही संरचना, उस्तै जनशक्तिका बीच सामुहिक प्रयासले यो सम्भव भएको बताए । अस्पतालको नेतृत्वमा म आउनु अघि ३ लाख १० हजार १०६ जनाले उपचार सेवा लिएका थिए । त्यसमध्ये ९ हजार १७३ जना भर्ना भएका थिए ।

निर्देशक डा बस्नेतले भने, ‘म आइसेपछि पहिलो बर्ष उपचार लिने विरामीको संख्या ३ लाख ८२ हजार ६८३ पुग्यो, दोस्रो बर्ष अर्थात गत आवमा सो संख्या बढेर ४ लाख १ हजार २०९ पुग्यो ।’ उनले गत आवमा भर्ना हुने विरामीको संख्या १२ हजार ३७५ रहेको जानकारी दिए ।

वीरमा अप्रेशन गराउन आउनेको संख्या पनि उल्लेख्य बढेको बताइएको छ । दुई बर्ष वीरमा ३ हजार १५३ जनाको मेजर र ८३४ जनाको माइनर गरी ३ हजार ९८७ जनाको अप्रेशन भएको थियो । गत आवमा मेजर ४ हजार ८०४ र माइनर १ हजार ६३९ गरी ६ हजा ४४३ जनाको अप्रेशन भयो निर्देशक डा बस्नेतले भने ।

त्यसो त वीरमा विरामीको संख्या बढ्नुमा अस्पताल अहिले विस्तारै साधनस्रोत सम्पन्न बन्दै गएको छ । अस्पताल परिषरमै अक्सिजन प्लान्ट , आफ्नै फार्मेसी, थपिएको हेमोडायलासिस मेसिन, फाइव्रोस्क्यान मेसिन, अत्याधुनिक रेडियोथेरापी मेसिन, न्युरो सर्जरीसम्वन्धी मेसिन, युरो सर्जरीका लागि १२० वाटको हाल्मोनियमलेजर,इएनटी सेवामा थप मेसिन, फिजियोथेरापी, जनरल ओटी आदिको क्षमता बढदै गएको छ । वीरमा विरामी बढनुमा स्वास्थ्य बीमा लागू भएका जिल्लाबाट रिफर भएर आउने सख्या पनि हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले वीर अस्पताललाई विशिष्टकृत अस्पताल बनाउने तयारी स्वरुप विभिन्न कार्यहरु भइरहेको बताए ।

‘यसको एकेडेमिक पक्ष, स्वास्थ्य सेवा पक्षलाई चुस्त बनाउन हामीले रातदिन मेहनत गरेका छौँ र त्यसको प्रतिफल अहिले देखिदै गएको पनि छ.’ प्राडा गुरुङले भने ।

उनले भक्तपुरको दुवाकोट वीर अस्पतालको ड्रीम प्रोजेक्ट भएको बताउँदै त्यसबाहेक नर्सिङ क्याम्पस रहेको ठाँउमा अत्याधुनिक सात तले भवन बनाउने, आइसियू पछाडी सय बेडको अस्पताल थप्ने काम भइरहेको जानकारी दिए । उनले भने,’यसलाई अति गरिव देखि अति धनी सम्मले उपचार गर्ने विशिष्टीकृतअस्पताल बनाउने योजनामा छौँ ।

कार्यक्रममा अतिथि बनेर पुगेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा पुष्पा चौधरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी आदीले सुझाव सहित शुभकामना मन्तव्य दिएका थिए ।

नेपालकै सबै भन्दा जेठो वीर अस्पताल विसं १९४७ साउन १द्द गते स्थापना भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *