भोलिबाट अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ, १० साउन । नेपाल चिकित्सक संघले भोलि देखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने भएको छ । डा . गोविन्द केसीको माग पुरा गर्न दवाव दिन संघले यस्तो निर्णय लिएको हो ।
नेपाली हेल्थ संग कुरा गर्दै संघका महासचिव डा लोचन कार्कीले डा गोविन्द केसीको जीवन रक्षाका लागि यस्तो निर्णय लिइएको बताए ।
उनले भने, ‘आज बेलुकासम्म सहमति भयो र अनशन टुंगिनेस्थिति आयो भने कार्यक्रम स्थगित भै हाल्छ । नत्र भोलिबाट देशव्यापी बन्दको आवहान गरेका छौँ ।’
संघले यसअघि पनि सरकारलाई दवाव दिन भन्दै बन्द आवहान गरको थियो । तर त्यसबेला सरकार निकटको राष्टिय चिकित्सक संघ मधेशी चिकित्सक संघले सो निर्णयको अवज्ञा गर्ने बताएका थिए ।
सेवा बन्द गर्ने संघको निर्णय यसअघि कतिपय निजी अस्पताल र मेडिकल कलेजहरुले समेत अवज्ञा गर्दै आएका थिए ।
संघले सोही विषयमा अहिले आकस्मिक पत्रकार सम्मेलन गर्दैछ ।
सम्पर्क इमेल : [email protected]