बालुवाटार धर्ना दिन भन्दै हिडेको विद्यार्थीको टोली टिचिङबाटै गिरफ्तार
काठमाडौँ, १० साउन । बालुवाटार धर्ना दिन भन्दै निस्किएका महाराजगञ्ज क्याम्पसका विद्यार्थीहरु गिरफ्तारमा परेका छन् । प्रहरीले केही बेर अघि महाराजगञ्जको मुल सडकबाट विद्यार्थीको समूहलाई गिरफ्तार गरेको हो । विद्यार्थी डा विशद दाहालले करीब ३० जना विद्यार्थी गिरफ्तारमा परेको बताए ।
त्यसअघि विद्यार्थीहरुलाई प्रहरीले गेटमै रोकेको थियो । पछि उनीहरु मुल सडकमा आएर धर्ना दिएका थिए । सो क्रममा सामान्य धकेला धकेल समेत भएको थियो ।
गिरफ्तारमा परेपछि विद्यार्थीहरुले प्रहरी र सरकार विरुद्ध चर्का नारा लगाएका छन् ।
डा केसीको अनशनको २७ दिन पुग्दासम्म तोडिने सम्भावना अझै निश्चित भएको छैन् ।
दुई दिन अघि शुरु भएको बार्ता समेत यतिवेला अवरुद्ध भएको छ । चिकित्सकहरुले डा केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको बताउँदै आएका छन् । सरकार र डा केसी पक्ष टसमस नभएपछि निकास ननिस्किएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]