इजलासमै सूर्ति सेवन गरेको भन्दै कामु प्रधानन्यायाधीश विरुद्ध उजुरी

180
Shares

काठमाडौँ, ९ साउन ।  प्रधान न्यायाधीश हुन ठिक्क परेका सर्वोच्च अदालतका कायममुकायम प्रधान न्यायाधीश दीपकराज जोशीविरुद्ध यतिवेला उजुरीको चाङ लागेको छ । संसदीय सुनुवाई समितिले जोशी विरुद्ध उजुरी भए गर्नुस भन्दै सूचना जारी गरेपछि उनी विरुद्ध उजुरीको चाङ लागेको हो ।

अधिकांश उजुरी उनले विगतमा गरेका मुद्धाका फैसला र आर्थिक विषयसंग जोडिएका छन् । तर, केही उजुरी भने उनको व्यक्तिगत आचारणसंग सम्वन्धित छन् ।

त्यसमध्येको एक हो ‘सूर्तिजन्य पदार्थ’ को सेवन । संसदीय सुनुवाई समितिमा परेको एउटा उजुरीमा भनिएको छ, ‘उहाँ इजलासमा रहँदा निदाई रहनुहुन्छ । यस्तै इजलाशमै रहँदा सूर्तिजन्य पदार्थको प्रयोग गर्नुहुन्छ ।’

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन – २०६८ ले सरकारी कार्यालय हाताभित्र सूर्तिजन्यको प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरेको छ । तर, कामू प्रधानन्यायाधीश विरुद्ध परेको उजुरीमा कार्यालय हाताभित्र मात्रै होइन इजलाश अर्थात मुद्धाको सुनुवाई भइरहेकै सबैले देख्ने गरी सूर्तिजन्य पदार्थको सेवन गर्दछन भन्ने छ ।

प्रधान न्यायाधीश हुनु अघि उनले अव यी सबै उजुरीको एक एक जवाफ संसदीय सुनुवाई समितिमा दिनुपर्नेछ । उजुरीमा भने जस्तै यदि इजलासमा बस्दा सूर्तिजन्य पदार्थको सेवन गर्ने बानी छ भने पनि अव उनले तत्काल आफूलाई सच्याउन जरुरी देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *