आपत्तिजनक अभिव्यक्ति दिएका कानुन मन्त्री तामाङले दिए राजिनामा

काठमाडौँ, ८ साउन । चिकित्साशास्त्र अध्ययन गर्न बंगलादेश गएका छात्राहरुको विषयमा आपत्ति जनक टिप्पणी गरी विवादमा तानिएका कानुन मन्त्री शेरबहादुर तातामाङले राजिनामा दिएका छन् ।

कानून मन्त्रालयमा आज दिउसो पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् ।

त्यसअघि उनले आफ्ना कार्यकालमा गरेका कामहरुको सूची पेश गरेका थिए ।

अत्यन्तै भावुक मुद्रामा प्रस्तुत भएका मन्त्री तामाङले आफूले छात्राहरुको विषयमा गलत भावले नबोलेको तर विषय विवादमा परेपछि नैतिकताको आधारमा राजिनामा दिएको बताए ।

‘म खुल्ला किताव हुँ मैले गरेका काम, मेरो आचरणका बारेमा तपाईँहरु अध्ययन गर्न सक्नुहुन्छ । मैले बंगलादेशमा अध्ययनरत छात्राहरुका विषयमा पनि गलत भावले बोल्न खोजेको थिइन उनले आफ्नो बचाउ गर्दै भने तर पार्टीका नेताहरुको आग्रह र विषय विवादमा परेपछि नैतिकताको आधारमा राजिनामा दिएको हुँ ,’ उनले भने ।

गत साता एक विद्यालयको कार्यक्रममा अतिथि बन्न पुगेका मन्त्री तामाङले बंगलादेशमा अध्ययनरत छात्राहरुको प्रसंग निकाल्दै आपत्ति जनक अभिव्यक्ति दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *