डा. केसीका मागका विषयमा माथेमासंग छलफल गर्दै प्रधानमन्त्री ओली र दाहाल

168
Shares

काठमाडौँ, ८ साउन । अनशनरत डा गोविन्द केसीका मागका बारेमा प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल शुरु भएको छ ।

छलफलमा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता सुवासचन्द्र नेम्वाङ, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा र माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमा सहभागि छन् ।

‘अघि दिउसो दुई बजेबाट शुरु भएको छलफलमा डा केसीको माग कसरी सम्वोधन गर्ने र अनशन तोडाउने भन्ने विषय केन्द्रीत छ ।
डा केसीको सबैभन्दा विश्वासिलो व्यक्ति माथेमा रहेको भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले माथेमासंग छलफल गरेका हुन् । माथेमा कन्भिन्स भएको खण्डमा डा केसीले मान्नुपर्ने सर्तका साथ छलफल शुरु गरिएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

अघिल्ला बार्ताहरुमा प्रतिनिधि कन्भिन्स भएपनि डा केसीले नमान्ने अवस्था भएको भन्दै यसपटक सबैभन्दा विश्वासिलो र विद्धान व्यक्तिलाई छलफलमा राखेको हो । ‘छलफल चलिरहेको छ हेरौँ के हुन्छ ?’ स्रोतले भन्यो ।

यता अनशनको २५ औँ दिन जारी रहँदा चिकित्सकहरुले सरकारमाथि दवाव बढाउँदै आउन थालेका छन् । ठूला सरकारी अस्पतालहरुमा आवासीय चिकित्सकहरुले आकस्मिक तथा आइसियू बाहेकका सेवा बहिस्कार गरेका छन् ।

नेपाल चिकित्सक संघले पनि नियमित टिकटमा विरामी नजाँच्न आवहान गरेको छ । उसले निशुल्क रुपमा ओपिडी हेर्न र धर्नामा सहभागी हुन आफ्ना सदस्यहरुलाई भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *