जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त

80
Shares

नयाँ दिल्ली, ६ साउन । भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् ।

सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् ।

अस्पताल स्रोतले शुक्रबार दिएको जानकारीअनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो । खाना खाएपपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ । सो अस्पतालका अधिकारीले ती महिलाको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन् ।

सो समस्याको कारण ७८ जना महिला अस्पताल भर्ना भएका सो स्रोतले जानकारी दिएको छ । यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन् । उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन् । ९रासस÷एएफपी० ः

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *