नेपाल चिकित्सक संघको बन्द आवहान : प्रसूतिगृह खुल्ला, वीर र शिक्षण बन्द

364
Shares

काठमाडौँ, ३ साउन । नेपाल चिकित्सक संघको आवहानमा विहीबार वीर अस्पताल, शिक्षण अस्पताल जस्ता ठूला सरकारी अस्पतालको ओपिडी सेवा बन्द भएपनि थापाथलिस्थित प्रसूतिगृह अस्पतालको सेवा भने निर्वाध सूचारु रहेको छ ।

अस्पतालका निर्देशक डा जागेश्वर गौतमले आज पनि हिजो अस्ती जस्तै नियमित रुपमा विरामी जाँच भएको बताए । उनले आज पनि ५ सय बढीको स्वास्थ्य परीक्षण भएको प्रतिक्रिया दिए ।

‘म कहाँ भर्ना हुने विरामी ३० प्रतिशत इमरजेन्सी र ७० प्रतिशत बढी ओपिडीबाट हुन्छन् । त्यसैले बन्द गर्ने कुरा हुँदैन,’ डा गौतमले भने ।
त्यसो त डा गौतमले चिकित्सक संघको बैठकमा समेत आफूले अस्पतालको सेवा कुनै हालतमा बन्द नगर्ने बताएका थिए ।

यता वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा भने विहीबारको ओपिडी ठप्प भएको छ । त्यहाँ केहीलाई आकस्मिक कक्षमा लगेर जाँच गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “नेपाल चिकित्सक संघको बन्द आवहान : प्रसूतिगृह खुल्ला, वीर र शिक्षण बन्द

  1. bichara govinda kc lai abasiya chikitsakle kataputali banayaka xan, birami khelwad garne yiniharusanga state le nisulka hoin ,dherai sulka linuparxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *