आरोग्य प्रतिष्ठानको सहयोगमा हेटौँडामा थप दुई डायलाईसिस मेसिन

हेटौँडा, १ साउन । आरोेग्य प्रतिष्ठान ललितपुरले हेटौँडा उपमहानगरपालिका – ११ थाना भ¥याङस्थित चुरेहिल अस्पतालका लागि थप दुईवटा डायलासिस मेसिन उपलव्ध गराउने भएको छ ।

यसअघि प्रतिष्ठानले सो अस्पतालमा तीनवटा मेसिन उपलव्ध गराईसकेको छ । ती मेसिनबाट अहिले दैनिक तीस जनाले डायलासिस गराइरहेका छन् ।

अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले आरोग्यले थप दुईवटा मेसिन आगामी भदौको तेस्रो सातासम्ममा उपलव्ध गराउने तय भएको बताए । उनले थप मेसिन आउनासाथ प्रतिक्षा सूचीमा रहेका थप विरामीले सहज सेवा पाउने धारणा व्यक्त गरे । अधिकारीका अनुसार अहिले पनि सो अस्पतालमा डायलासिस गर्न २३ जनाले पालो पर्खेर बसेका छन् ।

चुरे हिल अस्पतालमा मकवानपुर, सर्लाही देखि रौतहटसम्म विरामीले सेवा लिने गरेका छन् । आरोग्यले मेसिन उपलव्ध गराएपछि गत १६ पुस देखि चुरे हिलमा निशुल्क डायलासिस सेवा उपलव्ध हुँदै स्टाफ नर्स रिना सिलवालले जानकारी दिइन ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर