शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको तयारी पुरा, प्रत्यारोपण आइसियूको उदघाटन्

काठमाडौँ, ३२ असार । त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपणका आवश्यक तयारी पुरा भएको बताएको छ । उसले निकट भविस्यमै कलेजो प्रत्यारोपण गर्ने जनाएको छ ।

कलेजो प्रत्यारोपणका लागि नवनिर्मित आइसियू उद्घाटनको क्रममा शिक्षण अस्पतालका डाइरेक्टर प्राडा दीपक महराले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाउनासाथ कलेजो प्रत्यारोपण गरिने जानकारी दिए ।

उनले भने, ‘कलेजो प्रत्यारोपणका लागि जनशक्ति तयारी अवस्थामा छ । यसका लागि चाहिने विशेष किसिमको आइसियू पनि तयारी अवस्थामा छ । उपकरण ९५ प्रतिशत आइसकेको अवस्था छ । तर प्रत्यारोपण शुरु गर्न स्वीकृति दिन प्रत्यारोपण समिति हुन्छ । विगत केही समय देखि त्यो नभएको अवस्था छ । यसले पूर्णता पाएर हामीलाई गो अहेड भन्ने वित्तिकै काम शुरु हुन्छ ।’

कलेजो प्रत्यारोपण सम्वन्धी कार्यक्रम अघि बढाउन स्वास्थ्य मन्त्रालयले शिक्षण अस्पताललाई ११ करोड रुपैयाँ उपलव्ध गराएको थियो । सो रकमबाट आइसियू लगायतका पूर्वाधार तयार गरेका निर्देशक डा महराले बताए ।

नव निर्मित आइसियू कक्षको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे ।

 


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर