प्रदेश नम्बर २ मा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्नेबारे सुझाव दिन समिति गठन

काठमाडौँ, १९ असार । सरकारले दुई नम्बर प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने विषयलाई अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान कहाँ कसरी खोल्ने भन्ने सुझाव पेश गर्न एक समिति गठन गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले एक साता अघि मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् ।

उक्त समितिका सदस्यहरुमा स्वास्थ्य सेवा विभागमा उपमहानिर्देशक डा विवेकलाल कर्ण, स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य पुर्नजागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आइओएमका डा सतिश देव र कानून विद्धको रुपमा मिथिलेस यादव चयन भएका छन् ।

गत १५ जेठमा प्रस्तुत भएको आगामी आर्थिक बर्षको बजेटमा हरेक प्रदेशमा कम्तीमा एउटा चिकित्सा विज्ञान प्रतिष्ठान बनाउने कुरा उल्लेख छ । सोही अनुसार दुई नम्बरमा प्रतिष्ठान स्थानपनाको लागि प्रक्रिया अघि बढेको हो ।

नेपालका सातवटा प्रदेशमध्ये प्रदेश नं २ र ७  प्रतिष्ठान विहीन छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *