लहान : अस्पताल निर्माणका लागि जग्गादान

52
Shares

लहान, १४ असार । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन्।

लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण (सात कट्ठा १० धुर) जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडाँैमार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *