सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

नेपालगञ्ज, १० असार । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।

ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल परिसरमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको बताए ।

सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म रु ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि रु १८ करोड बजेट विनियोजन गरेको छ ।

यो अस्पतालको सेवा प्रारम्भ भएपछि ५, ७ नं र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *