आर्डेन पदमै रहँदा बच्चा जन्माउने विश्वको दोस्रो महिला प्रधानमन्त्री

120
Shares

औक्ल्याण्ड, ८ असार । न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले बिहीबार नवशिशुलाई जन्म दिनुभएको छ । उनलाई पुत्रीलाभ भएको छ ।

प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा उनी विश्वको दोस्रो महिला प्रधानमन्त्री भएकी छन् । उनको यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ बर्षकी छन् भने उनका श्रीमान् क्लार्क गायफोर्ड ४० बर्षका छन् ।

उनीहरूले जन्माएको बच्चाको तौल ३.३ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् ।

“निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकहरुप्रति पनि हामी कृतज्ञ छौ,” आर्डेनले भनेकी छन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताएकी छन् ।

“राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,” उनले भनिन् ।

आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गरेका थिए ।

उनी गत अक्टोबरमा प्रधानमन्त्री भएकी थिइन भने गर्भवती भएपछि उनी पदीय जिम्मेवारीमा निश्क्रिय रहेकी थिइन् । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *