निदान हस्पिटलमा नि:शुल्क बाथ रोग शिविर सम्पन्न

ललितपुर, ३ असार । पुल्चोक स्थित निदान हस्पिटलले शनिबार बाथ रोग शिविरको आयोजना गरेको छ । शिविरमा परीक्षण गराउने मध्ये ३९ प्रतिशतमा बाथरोगको समस्या देखिएको छ।
शिविरमा १ सय २० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । ती मध्ये ४७ जनामा बाथरोगको समस्या भेटिएको हो ।
अधिकांशमा भने हड्डी खिइने (मेरुदण्ड,घुडाको) समस्या देखिएको बाथ रोग बिशेषज्ञ डा अन्जल विष्टले जानकारी दिए । स्वास्थ्य जाँचपछि रोगको प्रकृति अनुसार बिरामीहरुलाई आवश्यक सबै परामर्श दिइएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



