पुरानो मेडिकल कलेजको प्राबिधिक सहयोगमा कावासोतीमा स्वास्थ्य शिबिर

228
Shares


नवलपुर, २ असार । मध्यबिन्दु नगरपालिका ९ बसन्तपुर स्थित नेपाल लोक सेवा माविमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ ।

वसन्त सामुदायिक वन को आयोजना र भरतपुर स्थित पुरानो मेडिकल कलेजको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । उक्त शिबिरमा करीब ५०० जना लाभान्वित भएका थिए । बन समितीका अध्यक्ष दान बहादुर रायमाझीले शिबिरको उद्घाटन गरेका थिए ।

शिविरका लागि पुरानो मेडिकल कलेजका तर्फबाट बालरोग , स्त्री तथा प्रसुती,दन्तरोग,छालारोग,नसा तथा हाद्जोर्नी,जनरल मेदिसिन तथा नाक कान घाति रोग आदिका विशेषज्ञ डाक्टर हरुले बिरामीको सेवा गरेका थिए।

उक्त शिविरमा स्कुलका शिक्षक तथा विद्यार्थी हरुले पनि स्वास्थ्य लाभ लिएका थिए । स्कुलका प्रधानाध्यापक लेखराज भण्डारी ले यस्ता जनोपयोगी र समाजमा प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमले दुर्गम क्षेत्रमा पनि स्वास्थ्य को पहुच पुग्ने कुरा बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै कलेजका बजार तथा जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सिबिर आयोजना गरिएको बताए । उनलेआगमी दिनमा पनि अस्पतालले देशका विभिन्न स्वास्थ सम्बन्धी जनचेतनामूलक तथा सेवामुलक गतिबिधिहरुलाइ अगाडि बढाउने कुरा बताए ।

वरिष्ठ बालरोग बिशेषज्ञ डा.अतानु पान, डा. सन्जीब अधिकारी, डा. अरबिन्द यादव ,स्त्रीरोग बिशेषज्ञ डा रीना शाह,डा. आरती अधिकारि ,नाक कान घाँटी रोग विशेषज्ञ डा. सबिना राई, डा. प्रतीक खनाल,जनरल मेडिसिनका डा. प्रमोद भुसाल ,डा. मनिस ठाकुर,डा. कुमुद लेइबरिमा,दन्तरोग विशेषज्ञ डा. बिशाल सापकोटा, डा .रजनिश चौधरी ,हाडजोर्नी विशेषज्ञ डा. अपिल सापकोटा तथा यौन कुस्ठ तथा छाला रोग विशेषज्ञ डा. ज्योती साह,डा. शृंकला श्रेष्ठ र डा. स्वीकृति श्रेष्ठले शिबिरमा निसुल्क स्वास्थ्य जांच गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *