जाजरकोट : दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द


जाजरकोट, २९ जेठ । यहाँको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ ।

सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको छेडागाड नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भीमराज सिंहले जानकारी दिनुए। स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको छ ।

सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । अस्थायीरुपमा काम गर्दै आउनुभएकी अनमी अविसरा शाही पढाइका लागि बिदामा बस्नुभएको दशेरा स्वास्थ्य चौकीका प्रमुख रामबहादुर थापाले जानकारी दिए ।

जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमीविहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ । पटकपटक अनमीको दरबन्दी थप गर्न मन्त्रालय, विभागमा माग गरेपनि सुनुवाइ नभएको प्रमुख थापाले बताए ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला अहिले सेवा नपाउँदा मर्कामा परेको छेडागाड नगरपालिका दशेराकी प्रेमकला अधिकारीले बताइन्। छेडागाड नगरपालिकाका प्रशासकीय प्रमुख सर्वदल शाहीले यो बारेमा बुझेर समस्या समाधान गर्ने बताए ।

अहिले स्वास्थ्यकर्मीको सरुवा, काजमा पठाउने जिम्मा स्थानीय सरकारलाई नै दिइएको छ । जाजरकोटका सातवटा तहमा यहाँका सबै स्वास्थ्य संस्था हस्तान्तरण भइसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *