बरिष्ठ न्युरो सर्जन डा. देवकोटालाई जन्मथलो गोरखा लगिदै
काठमाडौँ, २६ जेठ । बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटालाई गोरखा लगिने भएको छ । जन्मघर जाने डा देवकोटाको चाहना अनुसार परिवारले उनलाई गोरखा लैजान लागेको हो । त्यसका लागि हेलिकप्टर आइसकेको छ ।
‘यहाँको हेलिप्याड मर्मतमा रहेकोले गंगालाल हस्पिटल परिसरको हेलिप्याडमा हेलिकप्टर राखिएको छ । अबको केही क्षणमा केही चिकित्सकको टोली र परिवारका सदस्य सहित डा देवकोटा जन्मस्थान गोरखा पुग्नुहुनेछ र आजै फर्काइनेछ,’ अस्पताल स्रोतले भन्यो ।
डा. देवकोटाको जन्मथलो गोरखाको पालुङटार नगरपालिकाको आँप पिपलस्थित पण्डित गाँउमा हो । आँप पिपलस्थित पण्डित गाँउमा रहेको उनको जन्मघरमा गएर पिँढीमा बस्ने र सिस्नेपानी धाराको पानी खाने उनको इच्छापछि गोरखा लगिन लागिएको हो ।
सम्पर्क इमेल : [email protected]