राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा दश दिन लामो उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका हुन् ।
राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनलाई बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रक्तश्रावको समस्यामा परेका राष्ट्रकविको मेदान्तामा इन्डोस्कोपी गरिएको थियो । राष्ट्रकवि घिमिरे शनिबार दिउसो नेपाल बायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



