नेपालका पन्ध्र प्रतिशत दम्पत्तिमा नि:सन्तानको समस्या

164
Shares

 

काठमाडौँ, १९ जेठ । टेस्टट्युव प्रविधि अपनाउन नसकेका विपन्न समुदायका नि:सन्तान दम्पत्तिहरुलाई पनि उपचारमा सहज पहुँच पुरयाउनु पर्नेमा स्त्री रोग तथा नि:सन्तान विशेषज्ञहरुले जोड दिएका छन । नेपालमा करीब पन्ध्र प्रतिशत प्रजननयोग्य दम्पत्ति नि:सन्तानको समस्यामा पर्ने गरेको अनुमान छ ।

निसन्तान उपचार केन्द्रकी डा.उमा श्रीवास्तव सन्तान नहुँदा दम्पत्तिले पीडा भोग्नु परेको उल्लेख गर्दै विगतमा झैं अब विदेश जानु नपर्ने बताइन ।

स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्दमान कार्कीले उपत्यका भन्दा बाहिरका निसन्तान दम्पत्तिका लागि सेवा विस्तार गर्नु पर्ने खाँचो रहेको बताए ।
बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले आर्थिक रुपले विपन्न दम्पत्तिलाई पनि उपचारमा पहुँच पुरयाउनु पर्ने टडकारो आवश्यकता रहेको बताए ।

नेपालमा पन्ध्र वर्ष अघिदेखि यो सेवा शुरु भएपनि उपचार सेवा काठमाडौंमा सीमित छ । दश वर्षदेखि उपत्यका बाहिर विराटनगरमा नोबेल मेडिकल कलेजले यो सेवा संचालनमा ल्याएको थियो । यद्यपि,अधिकाशं दम्पत्तिले काठमाडौं आई सेवा लिने गरेका छन ।

काठमाडौंमा विभिन्न अस्पताल एवं निसन्तान केन्द्रहरुबाट एक हजार भन्दा बढी टेष्टयुव बेबी जन्मिएका छन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *