वीर अस्पताल पुगेर प्रेम सागरले गरे १५४ औँ पटक रक्तदान

काठमाडौँ, १८ जेठ । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले १५४ औँ पटक रक्तदान गरेका छन् । विहीबार वीर अस्पतालमा पुगेर उनले १५४ औँ पटक रक्तदान गरेका हुन् ।

‘हरेक तीन तीन महिनामा रक्तदान गर्ने मेरो तालिका नै छ । यसअघि रक्तदान गरेको हिजो ठ्याक्क ९० दिन पुगको थियो । हिजो विहानै वीर अस्पतालमा रहेका एक विरामीका आफन्तले फोन गर्नुभयो । म त्यहि गएर रक्तदान गरेँ,’ कर्माचार्यले भने ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्मचार्यलाई हिजो आज ‘व्लड बैंक’को उपमा समेत दिने गरिएको छ । व्लड बैंकमा रगत नपाएका धेरै विरामीका आफन्तहरु अन्तिम विकल्पको रुपमा कर्माचार्यको सम्पर्कमा पुग्ने गर्छन । उनीसंग पुग्ने जो कोहीलाई जे जसरी जहाँबाट पनि रगत उपलव्ध गराउँछन् ।

‘व्लड ग्रुप – ए पोजेटिभ’ रहेका सतक रक्तदाता कर्माचार्य १६ बर्षको उमेर देखि नै रक्तदानमा सहभागिता जनाएका हुन् । उनले अहिले १८ वर्ष उमेर पुगेका नयाँ पुस्ताहरुलाई रक्तदानमा सहभागी हुन आग्रह तथा अपिल गर्दै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *