बौद्धिक चोरी रोक्न चिकित्सकहरु सहमत


काठमाडौं, १४ जेठ । अनुसन्धानका क्षेत्रमा हुने बौद्धिक चोरी रोक्ने बिषयमा चिकित्सकहरु हातेमालो गर्ने भएका छन् । हाडजोर्नी सम्बन्धी चिकित्सकहरुको छाता संगठन एओ अलायन्स फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा बिभिन्न अनुन्धानमा हुने बौद्धिक चोरी रोक्ने विषयमा चिकित्सकहरु हातेमालो गरेर अगाडी बढ्ने भएका हुन ।

चिकित्सकहरुले विभिन्न विषयमा वर्षौ लगाएर गरेको अनुसन्धानलाई कपि पेष्ट गरेर अरुले तथ्याङ्क राख्ने गरेका छन, यसको अन्त्यका लागि सबै मिल्नुपर्छ सहभागी चिकित्सकले भनेका छन ।

कार्यक्रमका संयोजक डा रमेश प्रसाद सिंहका अनुसार चिकित्सा क्षेत्रमा हुने अनुसन्धानमा बौद्धिक चोरी धेरै हुने गरेको छ । ‘अरुले दुख गर्ने तर, केही व्यक्ति यस्ता छन, जसले अरुले गरेको अनुसन्धानलाई चोरेर आफु प्रतिवेदन पेश गर्दै आएका छन्,’ सिंहले भने ।

चिकित्सकहरुले अनुसन्धानका क्षेत्रमा के कस्तो आचार संहिता अपनाउनु पर्छ भन्नेमा जानकारी गराईएको थियो । अनुसन्धानको डाटा चोरेर सम्बन्धीत ठाउँमा बुझाउने गरेका कारण अनुसन्धानमा प्रश्न उठेको पनि सिंहले बताए ।

कार्यक्रममा ४० जना चिकित्सक सहभागी भएका थिए । कानुनत बौद्धिक चोरीको विषयमा दण्डीत हुने देखि सम्बन्धीत व्यक्तिलाई कलोसुचिमा राख्न सकिने उल्लेख छ ।

सो कार्यक्रममा बौद्धिक चोरीलाई रोकेर नयाँ अनुसन्धानमा चिकित्सकहरु लाग्न प्ररित गरिएको छ । चिकित्सकहरुलाई प्रशिक्षण दिन भारतबाट २ स्वीजरल्याण्डबाट १ र पाकिस्तानबाट १ गरी चार जना विज्ञहरु आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *