स्वास्थ्यको कानून उपसचिव परिवर्तन : खरेल आए रेग्मी गए

140
Shares

काठमाडौँ, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानून हेर्ने उपसचिव फेरिएका छन् । कानून मन्त्रालयले गत साता निर्णय गर्दै स्वास्थ्यमा कानून हेर्ने जिम्मा पाएका उपसचिव शम्भुराज रेग्मीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । स्वास्थ्यमा भने गंगाबहादुर खरेललाई पठाएको छ । उनी यसअघि भूमिसुधार मन्त्रालयमा कार्यरत थिए ।

यता स्वास्थ्य मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालयको निमित्त निर्देशकको जिम्मेबारी डा. सबरी साहलाई दिएको छ ।नरदेवीका तत्कालिन प्रमुख डा.  रामदेव यादव ३७ हजार घुस सहित अख्तियारको फन्दामा परेपछि रिक्त चिकित्सालयमा डा. साहलाई पठाइएको हो । डा. साह यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *