जटिल रोगको उपचारमा दलित समुदायलाई विराटको २९ प्रतिशतसम्म छुट


विराटनगर, ३१ वैशाख । विराट मेडिकल एण्ड टिचिङ हस्पिटलले दलित समुदायको जटिल रोगको उपचारमा उल्लेख्य मात्रामा छुट दिएको छ । बुढीगंगा गाउँपालिकामा रहेका दलित सामुदायहरुलाई स्वास्थ्य उपचारमा महंगो सेवाका लागि २९ प्रतिशतसम्म छुट दिएको हो ।

समाज विकास केन्द्र नेपालको सहकार्यमा उक्त हस्पिटलले उपचार सेवामा छुट दिएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताए । उनीहरुको सामान्य स्वास्थ्य परीक्षण र वेडमा पूर्ण निःशुल्क गरिएको छ ।

विभिन्न नमुना परीक्षणमा १८ प्रतिशत, अलट्रासाउण्ड र सीटी स्याकनमा २९ प्रतिशत, फार्मेसीमा ७ प्रतिशत, चिरेर गरिने शल्यक्रियामा २९ प्रतिशत छुट दिएको डा. कार्कीले जानकारी दिए ।

उपचारमा सहुलियत दिन कार्डको व्यवस्था समेत अस्पतालले गरेको छ । सो कार्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित र हस्पिटलका अध्यक्ष कार्कीले सार्वजानिक गरे ।

विभेद उजागर गर्ने कामः मन्त्री पण्डित
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितले दलित माथि हुने गरेको विभेदलाई कलेजले उपचारमा विशेष छुट दिएर राम्रो काम गरेको बताए ।

उपचारमा पनि दलित माथि विभेद हुदै आएको थियो मन्त्री पण्डितले भने, विराट मेडिकल कलेजले जटिल उपचारमा विशेष छुट दिएर उजागर गर्ने काम भएको छ ।’ स्वस्थ्यको पहुचभन्दा टाडा रहेका दलित सामुदायहरुको उपचारमा उक्त सेवा अत्यावश्यक भएको मन्त्री पण्डितको ठम्याईछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *