विषाक्त मदिरा सेवनबाट एघारको मृत्यु

68
Shares


न्हेमपेन्ह, २४ वैशाख । कम्बोडियाको पूर्वी प्रान्तको क्रिटिए क्षेत्रमा चामलबाट बनेको घरेलु मदिराको सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ ।

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यस्तो मदिरा विषाक्त भएकोले उक्त मदिराको सेवन गर्ने ११ जनाको ज्यान गएको जनाइएको छ ।

उक्त मदिरा सेवनका कारण अन्य १३८ व्यक्ति बिरामी भई अस्पताल भर्ना भएका पनि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

चिटबोरे जिल्लाको स्रेनोन र आलोच गाउँको कान्टुओट समुदायमा सो दुर्घटना भएको जारी विज्ञप्तिमा थप जानकारी दिइएको छ ।
सो मदिरा सेवनबाट पेटदुख्ने र वान्ता हुने जस्ता समस्या आएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । उनीहरुमध्ये ११ जनाको अस्पतालमै मृत्यु भएको बताइएको छ ।

उपचारको लागि भर्ना भएकाको स्वास्थ्य अवस्थामा गरिएको अनुसन्धानबाट उक्त मदिरा नै विषाक्त पाइएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *