झापा : स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

76
Shares


झापा, १४ वैशाख । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले मातहतका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

जिल्लाका १५ वटै स्थानीय तहमा रहेका ४९ वटा स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले जानकारी दिए ।

उनका अनुसार तलब–भत्ता, औषधि खरिद, जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रम स्थानीय तहबाट सञ्चालन हुनेछ ।

“जनस्वास्थ्यसम्बन्धी क्रियाकलाप स्थानीय तहबाटै हुन्छ”, उनले भने, “केन्द्रीय कार्यक्रम मात्र अब जनस्वास्थ्यले गर्नेछ ।”

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा संघीय स्वास्थ्य कार्यालय राख्ने नयाँ प्रस्ताव गरेको उनले बताए ।

सतहत्तरवटा जिल्लामा संघीय स्वास्थ्य इकाइ राख्ने र केन्द्र, प्रदेश र स्थानीय तहमा समन्वय गरेर अत्यावश्यक काममा बाधा नहुने गरी कुनै क्रियाकलाप नगर्न प्रस्ताव गरेको उनले जानकारी दिए।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *