विपन्नको उपचारमा गाउँपालिका

28
Shares

झापा, ४ बैशाख । गाउँपालिकाले ‘जनता उपचार सहायता कोष’ बाट ३२ जना बिरामीलाई सात लाख ४० हजार सहयोग प्रदान गरेको हो। गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न परिवारलाई उपचारमा सहयोग गर्न सहायता कोष निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए।

‘आर्थिक अभावकै कारण रोग पालेर गाउँपालिकावासी बस्नु नपरोस् भनेर कार्ययोजनाका साथ अघि बढेका छौँ’, उनले भने, ‘यो सुविधा पाउन सरकारी स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने छ।’

कोषबाट क्यान्सर, ब्रेन ट्युमर, पक्षाघात, मुटु, कलेजोसम्बन्धी समस्या, मानसिक रोग, आगोले डढेकोलगायतका बिरामीलाई रोगको प्रकृति हेरेर न्यूनतम १० हजारदेखि अधिकतम ९० हजारसम्म सहयोग गरिने सहायता कोषको संयोजकसमेत रहेका उपाध्यक्ष गिरीले जानकारी दिए।

उपचार रकम पाउनका लागि अस्पतालले रोग खुलाएको कागजपत्र, सम्बन्धित वडा कार्यालयको सिफारिस र हल्दिबारीवासी खुल्ने परिचयपत्र हुनुपर्ने नगरपालिकाले जनाएको छ। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *