सभापति देउवाद्वारा विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सभापति देउवा आज सिनामंगलस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । पूर्व प्रधानमन्त्री देउवाले घाइतेसँगको भेटमा स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याई नगर्न सरकारसँग आग्रह गरेका थिए ।
उनले दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकारसँग पहल गर्ने बताउनुभयो । “उपचारमा कुनै कमी आउन नदिन र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग आजै पहल गर्छु,”– उनले भने ।
विमान सोमबार दिउँसो १४।२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटना भएको थियो । रासस
सम्पर्क इमेल : [email protected]