उत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार ढुंगेललाई

260
Shares

काठमाडौँ, २५ फागुन ।  यसबर्षको आरोग्य प्रतिष्ठान सर्बोत्कृष्ठ स्वास्थ्य पत्रकारिता पुरस्कार सरोज ढुंगेलले पाएका छन् । उनी गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता हुन् ।

विश्व मिर्गौला दिवसको अवसरमा आरोग्य प्रतिष्ठान र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको विशेष कार्यक्रममा बाताबरण मन्त्री लालबाबु पण्डितले पत्रकार ढुंगेललाई २५ हजार रासीको उक्त पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिष्ठानका महासचिव डा. पुकारचन्द्र श्रेष्ठले पत्रकारिताको माध्यमबाट मिर्गौला रोग रोकथाममा महत्वपूर्ण योगदान पु¥याएवापत ढुंगेललाई सम्मान गरेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *