सुधार केन्द्रमा आगलागी हुदाँ २५ को मृत्यु

32
Shares

बाकु, १९ फागुन । अजरबैजानको राजधानी बाकुमा रहेको लागु औषध दुव्र्यसनी सुधार केन्द्रमा शुक्रबार भएको आगलागीमा परी २५ जनाको मृत्यु भएको छ ।

आगलागी नियन्त्रण गर्न र आगलागीमा परेकाहरुलाई उद्धार गर्न उद्धारकर्ताहरुलाई झण्डै तीन घण्टा लागेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति इल्हाम अलियेभीले घटनाका बारेमा छानविन गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्न एक सरकारी आयोग गठन गरेका छन् ।
उनले मृतकका परिवारजनलाई केही आर्थिक राहतको व्यवस्था गर्न पनि निर्देशन दिएको अधिकारीले जनाएका छन् ।

“स्थानीय समय अनुसार विहान ६।१० मा आगलागी भएको यहाँको विपद् व्यवस्थापन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जलेर गम्भीर घाइते भएकामध्ये चार जनालाई अस्पताल भर्ना गरिएको छ । रासस÷एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *