मुसाको पिसावबाट ज्वरो फैलिँदा नाइजेरियामा ७२ को मृत्यु

120
Shares

लागोस, १८ फागुन । नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सवैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले लासा ज्वरोको संज्ञा दिएको छ ।

प्रयोगशालामा परिक्षण गर्दा ३१७ जनामा लासा ज्वरो पुष्टी भएको र ती मध्ये ७२ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जनाएको छ ।

नयाँ बर्षको बेला देखि सुरु भएको पत्ता लागेको यस्तो ज्वरो नाइजेरियाका १८ ओटा राज्यमा फैलिएको नाइजेरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ ।

रोग नियन्त्रण केन्द्रले सवै प्रदेशहरुमा खानपानमा उच्च सतर्कता अपनाउन नाइजेरियाली नागरिकहरुलाई आह्वान गरेको छ ।रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *