असुरक्षा बढेको भन्दै चिकित्सक संघले डोटीका सबै डाक्टरलाई काठमाडौँ बोलायोे

काठमाडौँ । नेपाल चिकित्सक संघले डोटी जिल्लामा कार्यरत सबै चिकित्सकलाई काठमाडौँ रबोलाएको छ । जिल्लाका चिकित्सकले असुरक्षित महसुस गरेपछि काठमाडौँ बोलाइएको संघले जनाएको छ ।

गत आइतबार विरामीको उपचारमा खटिएका डा. जितेन्द्रकुमार सिंह माथि विरामीको एक आफन्त बताउने एक समूहले अस्पतालकै कार्यकक्षबाट थुतेर मरणासन्न हुने गरी कुटेको थियो । सो को विरोधमा जिल्लाका चिकित्सकहरुले हिजोबाट आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

‘विरोधमा उत्रिएका चिकित्सक माथि थप धम्की आउन थालेको छ । जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै चिकित्सक साथीहरु आत्तिनु भएको अवस्था छ । जिल्ला प्रशासन कार्यालयले समेत चिकित्सकलाई सुरक्षाको आश्वस्त पार्न सकिरहेको छैन । यस्तो अवस्थामा डोटीमै रहेर काम गर्न अप्ठेरो हुने भएकोले हामीले बोलाएका हौँ ,’ संघका महासचिव डा लोचन कार्कीले भने ।

सिंहमाथि आक्रमण गर्ने विजयसिंह विष्ट, टेकबहादुर विष्ट, हिक्मतबहादुर विष्ट र अरुण महत हुन् । उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

डाक्टर सिंह विरुद्ध जबरजस्ती करणीको मुद्धा दायर गर्ने प्रयास
यता हिरासतमा रहेका आक्रमणकारीका आफन्तले डा सिंह माथि जवरजस्ती करणीको मुद्धा दायर गर्ने प्रयासमा लागेको थाह भएको छ । उपचारमा आएकी महिलाले आफूमाथि जवरजस्ती करणी गर्न खोजेको भन्दै मुद्धा दायर गर्ने असफल प्रयास गरेको चिकित्सक स्रोतले बतायो ।

संघका महासचिव डा. कार्कीले घटनाक्रम विकसित हुँदै जाँदा विरामी पक्षले डाक्टरमाथि संगीन आरोप लगाउने प्रयास भइरहेको आफूले समेत थाह पाएको बताए ।

‘डाक्टरमाथि कुटपिट गरियो , घटनापछि आक्रमणकारी पक्राउ परे । अव कारबाही हुने भयो भन्ने डरले उनीहरुले डाक्टरमाथि गम्भीर आरोप लगाउँदे छन् भन्ने सुनेको छु । यदि यस्तो गर्न थालियो भने डाक्टरको मनोवल के होला ? विरामी र डाक्टरबीचको विश्वास के होला ? यो गम्भीर विषय हो । यसलाई सबै सरोकारवालाले गम्भीर भएर सोच्नुपर्छ,’  डा. कार्कीले भने ।

उनले अघिल्लो दिन कुटपिट गर्ने , चारैतिरबाट दवाव महसुस भएपछि गम्भीर आरोप लगाएर उम्किने प्रयास गरेको भन्दै चिकित्सक संघले यस तर्फ गम्भीर हुन स्थानीय प्रशासनलाई आग्रह गरेको समेत बताए ।

गत आइतबार एक स्थानीय महिलाको उपचारको विषयमा विवाद बढदै जाँदा उनका आफन्तले डा सिंहमाथि निर्घात कुटपिट गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “असुरक्षा बढेको भन्दै चिकित्सक संघले डोटीका सबै डाक्टरलाई काठमाडौँ बोलायोे

  1. This is really unfair. In this matter I think doctors society should consult Dr. Ramesh parajuli sir……(@drrameshparajuli101@gmail.com).. he certainly can help.

Leave a Reply to Anju Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *