नेपालमा बार्षिक १३ हजार बढी नवजात शिशुले ज्यान गुमाउँछन

काठमाडौँ । नेपालमा बार्षिक रुपमा १३ हजार बढी नवजात शिशुको ज्यान जाने गरेको छ । सन् २०१६ मा गरिएको नेपाल डेमोग्राफिक हेल्थ सर्भेले ४८ शिशुमध्ये १ जनाको मृत्यु २८ दिन भित्र हुने देखाएको छ ।

प्रतिवेदनले शिशुमृत्युको ८० प्रतिशत भन्दा बढी कारण आमाको कम उमेर, सुत्केरी हुने बेलाको समस्या, निमोनिया र सेप्सीस जस्ता संक्रमण गरहेको बताएको छ । यस्तो खालको मृत्युलाई न्युनिकरण गर्न तालिमप्राप्त मिडवाइफले सुत्केरी गराउने , सफा पानीको प्रयोग गर्ने, सुरक्षीत सुत्केरी सामग्रीको प्रयोग, जन्मेको एक घण्टा भित्र स्तनपान, पोषिलो खानेकुरा आदिको माध्यमबाट कम गर्न सकिन्छ ।

यसैबीच नवजात शिशुहरुको स्वास्थ्य र सुरक्षाको अवस्था उकास्न आजैबाट विश्वव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । ‘एभ्री चाइल्ड अलाइभ’ नामक सो कार्यक्रम शुभारम्भ गर्नुपूर्व युनिसेफले संसारभरका देशहरुको शिशुमृत्युदरको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

प्रतिवेदन अनुसार कम आय भएका देशहरुमा नवजात शिशुमृत्युदर प्रति हजार जिवित जन्ममा २७ रहेको र बढी आय भएका मुलुकहरुमा प्रति हजार जिवित जन्ममा ३ रहेको छ ।

युनिसेफद्धारा जारी प्रतिवेदनमा नर्वेमा प्रति १० हजार व्यक्तिको सहयोगको लागि २१८ जना डाक्टर नर्स र मिडफाइफ छन् । तर नेपालमा भने प्रति १० हजारका लागि डाक्टर नर्स तथा मिडवाइफको संख्या २.८ मात्रै रहेको छ ।

सो प्रतिवेदनमा असुरक्षित ठाँउमा जन्मका शिशुहरुको मृत्यु हुने सम्भावना सुरक्षित ठाँउमा जन्मेका शिशुहरुको भन्दा ५० गुणा बढी हुने उल्लेख गरिएको छ ।साथै प्रतिवेदनले गरीवी द्धन्द अस्पतालको अभाव आदिको कारणले यस्तो ठाँउहरुमा गर्भवती महिलाहरुले सुत्केरी हुने बेलामा पाउनुपर्ने सहयोग सुरक्षा र सुविधा नपाउने देखाएको छ ।

युनिसेफले आज देखि शुरु गरेको एभ्री चाइल्ड अलाइभ कार्यक्रमको खाका प्रस्तुत गर्दै सो कार्यमा हातेमालो गर्न निजी क्षेत्र, परिवार, व्यापारी, लगानीकर्ता , दातृनिकाय आदिलाई आव्हान गरेको छ ।

  • मातृ शिशु स्वास्थ्यमा विशेषज्ञ व्यक्तिहरुलाई नियुक्त, तालिम प्रदान र परिचालन गर्ने
  • सावुन सफा पानी आवश्यक औजार, विजुलीसहितको सफा स्वास्थ्य इकाईहरुको ग्यारेन्टी गर्ने
  • युवती, महिला तथा परिवारलाई गुणस्तरिय स्वास्थ्य सेवा पाउने माग गर्नुपर्ने विशेषमा सशक्तिकरण गर्ने रहेको छ ।

नेपालमा यो कार्यक्रममाले २०१६ मा जारी भएको बीस बर्षिय न्यू वर्न एक्सन प्लान(एनइएनएपी)लाई सहयोग गर्नेछ । सो एक्सन प्लानले सन २०३५ सम्ममा नवाजात शिशु मृत्युदर प्रति हजार जिवित जन्ममा ११ भन्दा कम जनामा घटाउने लक्ष्य लिएको छ । यस्तै जन्मदै मृत्यु हुने दराई प्रतिहजारमा १३ मा झार्ने लक्ष्य लिएको छ । अहिले यी दुबैको दर क्रमश प्रतिहजारमा २३ र १८.४ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *