डा. अलिमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्ति

128
Shares

काठमाडौँ, २० माघ । नेपाल चिकित्सक संघले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलिमाथि भएको  दुर्व्यवहारप्रति भत्र्सना गरेको छ । संघले आज विज्ञप्ती जाारीगर्दै दुर्व्यवहार  गर्नेको खोजी गरी कानूनी दायरामा ल्याउन माग गरेको छ ।

संघका महासचिव डा लोचनकार्कीद्धारा जारी विज्ञप्तीमा ‘स्वास्थ्य सेवामा समर्पित भई रहेको समयमा समेत चिकित्सक माथि सांघातिक हमला गर्न खोज्ने अपराधिक मानसिकता बोकेका व्यक्तिहरुको अविलम्ब खोजी गरी कानूनी दायरामा ल्याउन स्थायनीय सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ’ भनिएको छ ।

जिल्लाको रासकोट नगरपालिका साविक सिउना गाविसमा भएको पूर्णखोप कार्यक्रममा सहभागी हुन पुगेका डा अलि माथि नेकपा माओवादीका समर्थक कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *