कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो
रियो दि जेनेरियो, १८ माघ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको मंगलबार जनाएको छ ।
ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ । यो रोगका शंकामा कुल एक हजार ८० मध्ये ४३२ जनालाई डिस्चार्ज गरिएको र ४३५ जनालाई निगरानीमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा कमलपित्तबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ । ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई कमलपित्त मुक्त क्षेत्र घोषणा गरेको थियो । रासस/सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




