कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो

रियो दि जेनेरियो, १८ माघ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको मंगलबार जनाएको छ ।

ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ । यो रोगका शंकामा कुल एक हजार ८० मध्ये ४३२ जनालाई डिस्चार्ज गरिएको र ४३५ जनालाई निगरानीमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा कमलपित्तबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ । ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई कमलपित्त मुक्त क्षेत्र घोषणा गरेको थियो । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *