एमआरआई मेसिनमा फसेर एक युवकको मृत्यु, डाक्टर सहित तीन जना पक्राउ

मुम्बई । आफ्नी आमाको एमआरआई गराउन भन्दै मुम्बईस्थीत बीआईएल नायर च्यारिटेवल अस्पतालमा पुगेका एक युवकको एमआरआई मेसिनमा फसेर मृत्यु भएको छ ।

आफन्त तथा परिवारले अस्पतालका कर्मचारीहरुको लापरबाही भएको आरोप लगाएका छन् ।

घटना गत शनिबारको हो, राजेश मारु नामका ती ३२ बर्षीय युवकलाई सो अस्पतालका वार्ड व्याईले एउटा अक्सिजन सिलिन्डर एमआरआई रुममा पुरयाईदिन आग्रह गरेका थिए ।

आग्रह पछि जब राजेश सिलिन्डर लिएर रुम भित्र पसे उनी एकै झड्कामामा सिलिन्डर सहित एमआरआई मेसिनमा ठोक्किन पुगे । चुम्बकीय तीब्र प्रेसरका कारण सिलिन्डर तत्काल विस्फोट भयो । सिलिन्डर विस्फोट पछि कोठा अक्सिजनले भरियो र राजेशको शरीरभरी ग्यास छिर्यो । स्वासप्रस्वासमा समस्या आएपछि तत्काल उनको मृत्यु भयो ।

प्राविधिकहरुका अनुसार एमआरआई मेसिन खुल्ला भएका बेला त्यसभित्र उच्च चुम्बकीय शक्ति बगिरहेको हुन्छ । त्यसकारण कुनै पनि धातु( मेटल) जन्य बस्तुहरु लैजान निशेध गरिएको हुन्छ । त्यसैले एमआरआई गर्ने विरामीहरुको पेटी तथा औठी समेत निकालिन्छ ।

राजेशलाई पठाउने वार्ड व्वाईले मेसिन अन अफ भएको कुराको ख्यालै नगरी भित्र पठाउँदा दुर्घटना भएको बताइएको छ ।

यो घटनापछि मुम्बई प्रहरीले अस्पतालका डाक्टर सिद्धान्त शाह, वार्ड ब्वाई बिठ्ठल चौहान, र सुनिता सुर्बे लाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध सेक्सन ३०४ ए ( लापरबाहीबाट मृत्यु ) केशमा मुद्धा दर्ता गरेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *