कपालमा नियमित तेल लगाउँदा फाइदै फाइदा

324
Shares

१. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।

२. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।

३. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।

४. सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।

५. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।

६. दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।

७. यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।

८. सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *