सरकारद्धारा सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी

556
Shares

काठमाडौँ, ९ माघ । सरकारले सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने भएको छ । स्थानीय तहका जनताको सहजताका लागि सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने तयारी गरेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. रमेशकुमार खरेलले मुलुक नयाँ संरचनामा जाँदै गर्दा स्थानीय तहमा सहज मेडिकल आपूर्ति होस भनेर हरेक प्रदेशमा मेडिकल स्टोर खोल्न लागेको बताए ।

‘स्थानीय तहका जनतालाई औषधिमा सहजता होस भनेरै हामीले सातवटै प्रदेशमा मेडिकल स्टोर खोल्ने योजना बनाएका हौँ । तर अहिले कुन कुन जिल्लामा खोल्ने बारेमा निर्णय भइसकेको अवस्था छैन,’ डा . खरेलले भने । उनले भौगोलिकता अध्ययन गरी अन्तराष्टिय मापदण्ड अनुसार नयाँ मेडिकल स्टोर खोलिने समेत जानकारी दिए ।

कहाँ कहाँ छन मेडिकल स्टोर ?
हाल टेकुस्थित आपूर्ति व्यवस्था महाशाखामा बाहेक बाराको पथलैयामा केन्द्रीय मेडिकल स्टोर छ । उक्त केन्द्रीय मेडिकल स्टोरबाट स्वास्थ्य मन्त्रालयले प्रदेशमा रहेका शाखा मेडिकल स्टोरमा सरकारले उपलव्ध गराउने सबै प्रकारका औषधि उपलव्ध गराउने छ ।

हाल प्रदेश नम्बर १को बिराटनगर, प्रदेश नम्बर ३ को हेटौँडा, प्रदेश नम्बर ५ को बुटवल र नेपालगञ्ज र प्रदेश नम्बर ७ को धनगडीमा क्षेत्रीय मेडिकल स्टोर छन् ।

प्रदेश नम्बर २, ४ र ६मा मेडिकल स्टोर छैनन् । केन्द्रबाट भन्दा प्रदेशबाट औषधि समयमा वितरण हुने भएपछि सरकारले सबै प्रदेशमा मेडिकल स्टोर खोली औषधि वितरण गर्ने योजना बनाएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *