प्रसूतिगृहको चमेनागृहमा लागेको आगलागी नियन्त्रणमा

80
Shares

काठमाडौँ, ७ माघ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज अपराह्न ग्यास चुहिँदा चमेनागृहमा आगलागी भएको छ ।

अस्पतालका प्रशासक रानु थापाले अपराह्न १ बजेतिर लागेको आगोका कारण मानवीय क्षति नभए पनि भान्छामा रहेका सामान र भाँडा जलेको बताइन् । अस्पतालका वरिष्ठ लेखा अधिकृत चन्द्रबहादुर गुरुङका अनुसार ग्यास सिलिण्डरको रेगुलेरबाट चुहिएको ग्यासका कारण आगलागी भएको हो ।

“आगलागीबाट अरु कुनै भौतिक क्षति भएको छैन, हामीले दमकल पनि बोलाएका थियौँ तर दमकल आउनुपूर्व नै अस्पतालका कर्मचारीले आगो नियन्त्रणमा लिइसकेका कारण कुनै क्षति हुन भने पाएन”, उनले भने आगलागीको हल्लाले केहीबेर अस्पतालमा भागदौड भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *