आयरल्याण्डमा मौसमी ज्वरोबाट चौबीसको मृत्यु

 

आयरल्याण्ड, ५ माघ । आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन् ।

यस प्रकोपमा परी बालबालिकादेखि सवै उमेरका व्यक्तिको मृत्यु भएको पनि केल्लेहेरले बताएका छन् ।

प्राप्त पछिल्लो जानकारीअनुसार ज्वरोको प्रकोप गतहप्ता सबैभन्दा बढी भएको र यसैगरी आगमी हप्ता पनि यो प्रकोप बढ्ने अनुमान गरिएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुको रहेको छ ।

ज्वरोको यस्तो प्रकोप क्रिस्मसपछि सुरु भएको र यो १७ वर्षयता अत्यन्त खराव स्थिति देखा परेको यो पाँचौ पटक भएको बताइएको छ ।

एचएसईका अनुसार यस प्रकोपबाट सबैभन्दा धेरै जोखिम बालबालिका र बृद्धबृद्धाहरुमा रहेको पनि समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *