कोशी अञ्चल अस्पतालले मुटुरोग सम्वन्धी सेवा शुरु गर्दै

56
Shares

मोरङ, ३ माघ । कोशी अञ्चल अस्पताल, विराटनगरले मुटुरोगसम्बन्धी सेवा प्रदान गर्ने तयारी गरेको छ । कोशी अञ्चल अस्पतालले माघ ५ गतेदेखि मुटुरोगसम्बन्धी विशेषज्ञबाट सेवा दिन लागेको हो ।

अस्पतालले मुटुरोग विशेषज्ञ चिकित्सक राखेर सेवा दिन लागेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट चिकित्सक रोशन पोखरेलले बताए । अहिले अस्पतालले फिजिसियन चिकित्सकमार्फत मुटुरोगको सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले मुटुरोगको सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन इको कार्डियोग्राफी मेशिनसमेत सञ्चालनमा ल्याउने भएको छ । करिब रु ५० लाखमा खरिद गरेको सो उपकरणमार्फत विशेषज्ञ सेवा सञ्चालन गर्न लागेको मेडिकल सुपरिन्टेन्डेन्ट डा पोखरेलले जानकारी दिए ।

मुटुरोगसम्बन्धी जटिल प्रकारका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेकोमा उक्त सेवा सञ्चालनमा आएपछि मुटुरोगसम्बन्धी सबै प्रकारका बिरामीले कोशी अञ्चल अस्पतालबाट सेवा पाउने जनाइएको छ ।

अस्पतालले एकजना विशेषज्ञ चिकित्सकमार्फत हप्ताको तीन दिन ओपिडी (बहिरंग विभाग) मार्फत तथा तीन दिन इको गरेर सेवा प्रदान गर्न लागेको हो । सेवाका लागि अस्पतालले करार विशेषज्ञ चिकित्सकको समेत व्यवस्था मिलाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *