एसियाली राष्ट्रका मेडिकल विद्यार्थीको ३१ औँ सम्मेलन काठमाडौँमा हुँदै

काठमाडौँ, २ माघ । एसियाली राष्ट्रका मेडिकल विद्यार्थीहरुको ३१ औँ अन्तराष्ट्रिय सम्मेलन (इएएमएससी – २०१८) काठमाडौँमा हुने भएको छ । आगामी ७ देखि १२ माघसम्म हुने सो सम्मेलनमा भारत बंगलादेश, थाइल्याण्ड, जापान, सिंगापुर लगायत १६ देशहरुबाट करीब ४ सय विद्यार्थी प्रतिनिधिहरुको सहभागीता हने बताइएको छ ।

मातृ तथा नवजात शिशु स्वास्थ्य मुख्य ‘थिम’ रहेको यो सम्मेलन त्रिवि शिक्षण अस्पताल, स्वास्थ्य मन्त्रालय र नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयको समन्वयमा हुनेछ ।सम्मेलनमा विभिन्न देशमा विद्यार्थीहरुले तयार पारेका अनुसन्धान पेपर तथा भिडियो प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन आयोजक समितिका संयोजक डा सन्तोष उपाध्यायले एसियाली देशमा रहेका मेडिकल विद्यार्थीबीच आपसी मित्रता बढाउने, स्वास्थ्य सम्बन्धी विभिन्न समस्यामाथि छलफल गरी समाधानका उपाय निकाल्ने, तथा अनुभव साटासाट गर्ने सम्मेलनको उदेश्य रहेको बताए ।

सो सम्मेलनमा डा.आरजु देउवा, बालरोग विशेषज्ञ  डा . रमेशकान्त अधिकारी, विश्व स्वास्थ्य संगठन नेपालकी डा. मिरा थापा, स्त्रीरोग विशेषज्ञ डा. पद्मराज पन्त, डा. अर्चना अमात्य, बालरोग विशेषज्ञ डा. सुधा बस्नेत, रक्तरोग विशेषज्ञ डा. विशेष पौडेल, क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली लगायतका चिकित्सकको सहभागिता रहने जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *