डा. गोविन्द केसीलाई रिहा सर्बोच्चको आदेश (आदेश सहित)
काठमाडौँ, २६ पुस । अदालतको अवहेलनाको आरोपमा सोमबार राती पक्राउ परेका डा. गोविन्द केसीलाई सर्बोच्चले रिहा गर्न आदेश दिएको छ ।
न्यायधीशद्धय पुरषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलाशमा आज भएको बहसपछि डा केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा रिहा गर्न आदेश दिएको हो ।
साथै इजलाशले डा गोविन्द केसीले लगाएको आरोपको छानवीन गर्न प्रधानन्यायधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र तथा नागरिकता समेत झिकाउन समेत आदेश दिएको छ ।