ओलीको स्वास्थ्य परीक्षण बैंककको बुमरुनगार्ड हस्पिटलमा हुने

92
Shares

काठमाडौँ, २१ पुस । केही दिन देखि अस्वस्थ रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । आगामी पुस २६ गते बैंकक जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

बैंककस्थित बुमरुनगार्ड इन्टरनेशनल हस्पिटलमा उनको होलबडी चेकअप हुने बताइएको छ । निजी चिकित्सक डा. दिव्या सिंह शाहले नियमित स्वास्थ्य परीक्षणकालागि त्यसतर्फ जान लागेको बताइन । उनले अध्यक्ष ओलीको बुमरुङगार्डमा होलबडी चेकअप हुने जानकारी दिइन ।

केही दिन अघि मात्रै अस्वस्थ रहेका भनिएका ओलीलाई झाडापखलाले सताएको बताइएको थियो । र एकाएक बैंकक जानुलाई कतिपयले गम्भीर स्वास्थ्य समस्याको रुपमा समेत अडकल काटेका छन् । तर डा. शाहले केही दिन अघि सामान्य झाडापखला देखिएको र त्यो अहिले नियन्त्रणमा आइसकेको बताइन । ‘अहिले देखिएको समस्याले त्यता जान लाग्नुभएको होइन । उहाँको पूर्व निर्धारित तालिका अनुसार नै जान लाग्नु भएको हो । बरु झाडा पखलाको कारण केही दिन विलम्ब भएको छ,’ डा. शाहले भनिन् ।

ओलीसंग उनकी श्रीमत, सहयोगीका साथमा निजी चिकित्सक डा. शाह समेत बैंकक जानेछिन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *