प्रदेशको मन्त्रालयमा स्वास्थ्यबाट चार जना सचिव बनाइदै

1.8k
Shares

काठमाडौँ, १७ पुस । संघीय संरचना अनुसार प्रदेश सरकारमा रहने शिक्षा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि सचिवको खोजी शुरु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा तत्काल काम चलाउन स्वास्थ्यबाट चार जना र शिक्षाबाट तीन जना सचिव बनाउने निर्णय गरेको छ । सोही अनुसार सचिवका लागि योग्यता पुगेका चार जनाको नाम सिफारिस गर्न सामान्यले स्वास्थ्यलाई पत्र पठाएको छ ।

यस्तै सातवटै प्रदेशका लागि एघारौँ तहका ७ जना, नवौँ र दशौँ तहका गरी ३५ जना, सातौ र आठौँ तहका गरी ६३ जना, चौथो, पाँचौँ र छौटौँ तहका गरी ३५ जना गरी कुल १४० जना स्वास्थ्य समूहका कर्मचारी पठाउन समेत निर्देशन दिएको छ ।

‘यस सम्वन्धमा सामान्यको पत्र हिजो प्राप्त गरेका छौँ,’ मन्त्रालयका उपसचिव बाबुराम खनालले भने, ‘थप कसरी छनौट गरी पठाउने भन्ने विषयमा छलफल हुनैछ ।’

स्रोतका अनुसार अब बरिष्ठताको आधारमा सचिवका लागि सिफारिस हुने सम्भावना छ । थप सात जना एघारौँ तथा अरु तहका लागि प्रदेशमा जान इच्छाहुनेबाट निवेदन मागि छनौट गरी पठाइनेछ ।

उपसचिव खनालले भने  क्षेत्रमा कसरी को को लाई पठाउने भन्ने बारेमा भने निर्णय भईनसकेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *